अ-समयको तटमा सुतेकाहरूलाई प्रश्न
ओ ! आईड्स अफ मार्च
क्येसियसले ब्रुटसलाई बनाएपछी कन्सपिरेटर
गायस जुलियसलाई छुरा धसेका हुन्
रिपब्लिकन रोमका सेनेटर्सहरूले
राजा रणबहादुर शाहको अप्रत्याशित हत्यापछी
काजी भिमसेन थापाले वसन्तपुर : बागमा
मच्चाएको हो भण्डारखाल काण्ड
र लगाको हो नेपोलिएनलेझैं आफ्नो शिरमा मुख्तियारी ताज
माथवरसिंहझैं गगनसिँहको पनी छातीमा गोली दागेपछी
काटेर टाउको दुस्मनको राखेर रानी राज्यलक्ष्मीको पाउमा
मच्चाएको हो जँगबहादुर कुँवरले सिसमहलभीत्र कोतपर्व
र फैलिएको हो १०४ बर्षसम्म राणाजीहरूको जहानियाँ राज
प्रतिशोध साँध्नेहरू प्रतिशोधलेनै सिद्धिएका छन्
षड्यन्त्र रच्नेहरू षड्यन्त्रलेनै सिद्धिएका छन्
तरवारले शासन गर्नहरू तरावरलेनै सिद्धिएका छन्
ई
ति
हा
स
को ____ गर्तबाट चिच्याएको चर्को आवाज म सुन्दछु
ओ ! ओथेल्लो ! ओथेल्लो ! डेस्डिमोनाको प्रियतम !
ल्यागोले तिम्रो कानमा भ्रम नरोपेको भए
शेक्सपेरिएन ट्राजेडीको सफलता
र नारायणहिटी हत्याकाण्डको रहस्य
केवल हाईपोथेटिकल ईत्तफाक पो हुन्थ्यो की ?
जसरी स्कोरियत जुडासको अन्तिम चुम्बनले
आफ्ना कप्तानलाई आघात नतुल्याएको भए
सखारै भालेको तेस्रो डाकपछी छाती पिटीपिटी
कमरेड केफासले पस्चाताप पो नगर्नेथ्यो की ?
कुरेनिको सिमोनले गलगत्थाको बाटोमा
नबोकेको भए असाहाय ईश्वर-थुमाको क्रसलाई
मेटामोरफिस बेनहुर अर्को यहूदी देउता पो हुनथ्योकी ?
निस्तार चाडको दिन ज्यानमारा बारब्बासले
नपाएको भए अनुग्रहको नाउँमा आममाफी
चुनिएका जातिहरूको थाप्लोमाथी
रगतको छाप मेटिनोपोथ्योकी ?
अनी क्रुसको दाहिनेतर्फ झुण्डिएको अपस्चातापी डाँकुले
नगरेको भए अपमान निर्दोष बलिको थुमालाई
सार्थक वलिदानको औचित्य नरहनेपोथ्योकी ?
यसरी ईतिहासको ब्ल्याकहोलबाट
रहस्यहरूलाई छिचोलेर
खलनायकहरूको भुमिका पृथक भएपछी
आलोचकहरू
विद्धानहरू
दार्शनिकहरू
नास्तिकहरू
हेर्छन् तेस्रो नेत्रको सुक्ष्मद्धारबाट
र सोध्छन् निर्मम प्रश्न धर्मका ठेकेदारहरूलाई
एक
दुई
तिन
किन धुनपर्यो पिलातसले हात ?
किन रूनुपर्यो निकोदमस मध्यरातमा ?
किन लेख्नुभो रब्बिले माटोको धुलोमा
ढुँगा हान्न तयार सदुकी-फरिसीहरूको नाम ?
प्रतिज्ञाको मुलुकमा पाईला नटेकेका निर्गमनका नायक
खै किन फेला परेन उसको ( मोशाको ) चिहान ?
खै कहाँ हरायो करारको सन्दुक र हारुन बाजेको लौरो ?
किन आवस्यक भएन पुरानो व्यवस्था अनुसार देहको खतना ?
किन भएन आजसम्म पनी तेस्रो मन्दिरको पुनर्निर्माण ?
र को हो त्यो मध्यरातमा सुतेका पन्चकन्याहरू झकझकाउने अ-लौकिक आवाज ?
म समयको तटमा उभिएर
आनन्दित अलपमा उठन तयार
पर्गाममका दलालहरूलाई सोधिरहेछु
तिस टुक्रा चाँदीले किनेको चम्किलो भाँडोमा
बेच्न राखेको सुगन्धित जैतुन-तेल
कतै रित्तिएको त छैन ?
एक
दुई
तिन
प्रश्नहरू बाँकीनै छन्
जवाफहरू मस्त निन्द्रामा घुरिरहेको बेला हो यो ।
खुपेन
युनाईटेड नेपाली रिभाईवल चर्च
वेम्बली, लन्डनबाट