एनसीसी युके को बार्षिक साधारण सभा (एजिएम) नर्थ ह्यम्टन मा सुसम्पन्न भएको छ सबै युके भरीका मण्डली का अगुवा जिउ हरुलाई ट्रस्टिज जिउ हरु ले बिसेस रुपमा स्वागत गर्नु भएको थियो।
एनसीसी युके का सचिब एल्डर देब गुरुङ जिउ को संचालन मा प्रारम्भ भएको सभालाई उंहाले सबै अगुवा जिउहरुको स्वास्थ्य सुरक्षा साथै केहि आगोलागी भएमा खाली गर्नु पर्ने र भेला हुने ठाउ साथै अरु धेरै व्यवस्थापन को बारेमा ब्रिस्तित रुप मा जानकारी दिनु भएको थियो।
एनसीसी युके का अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जीउ ले केहि छोटो मन्तब्ये राख्दै उपाध्यक्ष एल्डर टंक राइ जिउ ले सुरु को प्राथना गर्दै स्तुति प्रसंशा को भाग लन्डन छेत्र का जवान संयोजक सोर्निम सुनुवार जिउ ले लिनु भएको थियो र अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जीउले एकता को साथ मा काम पनि गर्नु पर्ने बिसय मा प्रमेस्वोर को पबित्र बचन प्रचार गर्नु भएको थियो
एनसीसी युके मा २८ मण्डली मिलेर बनेको एक छाता संस्था भएता पनि यो एजिएम मा २५ मण्डली मात्र भेला हुनु भएको थियो र अरु मण्डली को आफनै कार्यक्रम साथै बिसेस कारन बस् आउन नसक्ने अग्रिम सूचना दिनु भएको जानकारी अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जिउ ले स्पष्ट पार्नु भएको थियो।
यो दुइ दिने बार्षिक भेला मा सबै अगुवा जिउ हरुले आफ्नो लागेको धेरै कुरा हरु ट्रस्टि माझ दिल खोलेर राख्नु भएको थियो र ट्रस्टि हरुले आफुले जानेको र अहिले सम्म मा सेन्ट्रल कमेटि बाट पारित भएका कुरा हरु सबै अगुवा हरु माझ प्रस्तुत गर्नु भएको थियो भने कति कुराहरु सरसल्ला गरेर सेन्ट्रल कमेटि को बैठक मा बताउने सल्ला दिनु भएको छ।
यो दुइ दिने भेला मा आउनु हुने अगुवा जिउ हरुले फलदाय भएको कुरा बताउनु भएको छ। सबै छेत्र का अगुवा जिउहरुलाई यात्रा लाइ ध्यान मा राखी यो ठाउ लाइ छानेका जानकारी ट्रस्टि एल्डर अनिल थापा जिउ ले प्रस्ट्याउनु भएको थियो। खर्चिलो भयो कि भन्ने कुरा मा एनसीसी युके का कोषाध्यक्ष एल्डर मेख थापा जिउ को भनाइ मा यो सबै सुभिदा को आधार मा हेर्ने हो भने सस्तो र सुलब रहेको कुरा राख्नु भएको थियो।
चारै छेत्र का छेत्रिय अध्यक्ष, ट्रस्टि जिउ हरुको प्रतिबेदन, दिदि बहिनि संगति का संयोजक, दाजु भाइ संगती को संयोजक, गोस्पल संयोजक, मेडिया संयोजक हरुबाट सबै ले बार्षिक प्रतिबेदन प्रस्तुत गर्नु भएको थियो भने एल्डर केसब गिरि जिउ ले थोरै मिसन प्रतिबेदन प्रस्तुत गर्दै सुमेंद्र राइ जिउ ले पनि केहि गोर्खा बिस्वाशी हरुको बारेमा जानकारी दिनु भएको थियो ।
एजिएम को दोस्रो दिन एनसीसी युके का सल्लाकार पास्टर फिलिप रसाइली जिउ ले छोटो बचन सहित प्राथना गर्नु भइ सल्लाकार पास्टर साइमन सुनुवार जिउ ले एकता मा रहन को लागि गर्नु पर्ने परिश्रम को केहि बचन प्रचार गर्नु भएको थियो।
सबै ट्रस्टि र अगुवा जिउ हरुको भनाइ अनुसार अहिले को एजिएम सबै छेत्र को अगुवा जिउ हरुको समय र दुरीको हिसाब ले सहि र राम्रो भएको कुरा एक अर्का मा भलाकुसारी गर्नु भएको सुनिन्थियो
एल्डर अनिल थापा जिउ ले चारै छेत्र का जवान संयोजक हरुलाई पनि निमंत्रना दिनु भएको थियो भने स्तुति प्रशंसा को भाग् सोर्निम सुनुवार दिपेन्द्र लिम्बु धिरज गोम्जा प्रदिप लिम्बु जिउ ले एजिएम अवधि भरि समाल्नु भएको थियो।
अन्त मा सबै लाइ धन्नेबाद दिदै एनसीसी युके का वर्तमान अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जीउ ले अशिस को प्राथना गर्दै २०२५ को साधारण सभा को अन्त गरिएको थियो ।
NCCUK Media