मत्ती २८:१९ यसकारण जाऊ र सबै देशका मानिसहरूलाई मेरा चेलाहरू बनाऊ। तिनीहरूलाई पिता, पुत्र र पवित्र आत्माको नाममा बप्तिस्मा देओ।"
एनसीसी युकेले गोस्पल डेज (नेपाली मेला ) सु सम्पन्न गरेको छ । धेरै संख्या मा उपस्थित भएका सबै प्रभुका जन हरूले बिहानी को १० बजे देखि नै स्तुति प्रसंशा आराधना साथै पबित्र बचन को प्रचार प्रसार गर्नु भएको थियो।
पास्टर साइमन सुनुवार जिउ ले सुरुको प्राथना गरेर संगति सुरु भएको थियो संचालन मा लन्डन छेत्रीय सचिब एल्डर आकाश गुरुङ जिउ ले गर्नु भएको थियो भने स्तुति प्रसंशा लडन छेत्रिय युबा जवान सोर्निम सुनुवार ले अगुवाई गर्नु भएको थियो र पबित्र बचन को भाग लन्डन छेत्रिय अध्यक्ष तथा संयोजक एल्डर हंसराज संयोग जिउले दिनु भएको थियो।
मध्यान्न को २/३ बजे सबै बिस्वाशी हरु मार्चपास् मा सामेल हुदै मंच सम्म ब्यानर झन्डा साथै धेरै किसीम का बचनको पद लेखिएको पम्पलेट अनि भजन गित गाउदै प्रभु येसु नै मुक्तिदाता र उद्दार कर्ता हुनुहुन्छ भन्दै अगाडी बढ्नु भएको थियो। र सोहि समय मा एनसीसी युके का वर्तमान अध्यक्ष पास्टर जेम्स लिङ्ग्देन जिउ ले मंच बाट यूहन्ना 3:16 “किनभने परमेश्वरले संसारलाई यस्तो प्रेम गर्नुभयो, कि उहाँले आफ्ना एकमात्र पुत्र दिनुभयो, ताकि उहाँमाथि विश्वास गर्ने कोही पनि नाश नहोस्, तर त्यसले अनन्त जीवन पाओस् । साथै अरु धेरै बचन भन्दै १५ देखी २० हजार् कों बीच मा प्रचार गर्नु भयो ।
मार्चपास र मंच को सबै कार्यक्रम सके पछि सबै बिस्वाशी हरु फर्केर आफ्नो तम्बु /पाल मा पुगेर फेरि नाच्दै गाउदै धन्यवादि हुदै प्रमेस्वार को महिमा गर्न मा ब्यस्त देखिन्थे भने एनसिसिसिका सु - समचारिये टोलि सागर तामांग सहित सबै प्रचार प्रसार् मा लागि परेका थिये।
नर्थ छेत्रीय जवान दिपेन लिम्बु सहित उंहा को टोली ले भजन गित २३७ लौ सुन साथी सत्य को बानी सारंगी को साथ मा गएर सबै लाई एकोहोरो बनाएको देखिन्थियो भने सबै ले तालि बजाउन पछि पर्नु भएको थिएन।
अन्त मा गोस्पल टिम का संयोजक एल्डर हंस राज संयोक जिउ ले सबै लाइ एकै मुस्ट मा धन्यवाद दिदै एनसीसी युके का सचिब एल्डर देब गुरुङ जिउ ले आशिस को प्राथना गरेर २०२५ को गोस्पल डेज अन्त गरिएको थियो।
एनसीसी युके मेडिया