लन्डन 28 Jan 2023, NCCC फेल्थाम मन्डली ले पन्द्रौं बर्श पुगेको खुशीयाली मा बार्सिकी (15th Anniversry) मनाएको छ, मन्डली का पास्टर माइकल सुब्बा को भनाई अनुसार २००८ साल मा ८ तथा ९ जना को संख्या बाट सुरु गरेर आज हामी लाई १५० जना भन्दा बडी आत्मा हरु दिनु भएकोछ, बिदेश मा बसेर काम को साथ साथै मन्डली को हेर बिचार गर्दै जाँदा कती घटी कमी हरु हुन्छन तर पनि हामी हरेक समय भजनसङग्रह २३ र यहोसु १ को ८ र ९ लाई दाबी गर्दै सम्झदैअगाडी लगतार बड्दै गएको कारण ले आज यसरी खुशीयाली को साथ हामी ले बार्सिकी मान्न सकेका छौ र यो १५ बर्श को यात्रा त हाम्रो सुरुवात मात्र हो अझै धेरै दौड हरु दौडनु पर्ने छ सबै जना को हात मा हात र साथ मिलाउदै जानु पर्ने कुरा को खाचो भएको कुरा पनि पुल्पिट बाट नै दर्साउनु भो ।
अहिले सात जना को कमेटी रहेको यो मन्डली लन्डन को साउथ रिजन फेल्थाम बोरो मा रहेको छ, यो बार्षिकी कार्यक्रम एल्डर अनिल जङ थापा जिउ ले सन्चालन गर्नु भएको थियो भने पास्टर लक्ष्मी लिम्बु जिउ ले बचन प्रचार गर्नु भएको थियो।
बाल गित,नाच,ड्रामा साथै धेरै आत्मिकी,साररिक मनोरंजन को व्यबस्था को साथै बर्ष भरि प्रभु मा समय खटाएर लागि पर्नु हुने दुइ आमा दिदि बहिनि, हरुलाई हौसला स्वरुप केहि गिफ्ट पनि वितरण गर्नु भएको थियो।
संगति को अन्त मा पास्टर माइकल सुब्बा जिउ ले हरेक छेत्र मा रहेर मण्डली लाइ साथ दिनु हुने सबैलाई धन्यवाद दिदै आशिष को प्राथना गरेर संगति
को अन्त गरिएको थियो |
उता बाहिर भने डिकन भाई भुपेश थापा जिउ ले BBQ को साथ मा स्वादिस्ट खाना को ब्याबस्था गर्नु भएको थियो भने आमा दिदी बहिनी हरुले हरेक जन हरुलाई खाना पस्काउदै सबै प्रभुका जन हरुलाई सजिलो बनाउनु भएको थियो।
प्रभु ले आशिष मा राख्दै बढाउनु भएको होस् NCCUK मेडिया को पनि येही सुभकामना
NCCUK मेडिया