NCCUK AGM Meeting नेपाली मन्डली Aldershot मा गएको २४ र २५ सेप्टेम्बर मा भएको छ हरेक बर्ष जस्तै यो बर्ष पनि चारै क्षेत्र का हरेक मन्डली बाट तीन तीन जना अगुवा को भेला भै लग भग् ७०/ ८० जना को भेला भएको थियो र एल्डर माइकल लिम्बु जिउ ले सुरुवात को प्राथना साथै पास्टर फिलिप रसाइली ले Health & Safety सम्बन्धी जानकारी गरी Meeting अगाडि बडाउनु भएको थियो |
दुई दिन सम्म चलेको यो AGM Meeting निर्बात्मान Chairman Ps Lil Gurung, Gen Sec Ps Philip Rasaily and Treasurer Eld Chandra Sunwar का साथै सबै क्षेत्र Central Committee का अगुवा हरुले आफ्नो आफ्नो मन्डली को प्रतिबेदन सुनाउनु भएको थियो |
निर्बात्मान Chairman Ps Lil Gurung ले आफ्नो कार्य काल् भरी प्रमेस्वोर को अनुग्रह र मन्डली को Helping Hand/Advice ले धेरै काम गर्न सकेको र Chairman बाट बाहिर रहेर पनि अझै NCCUK लाई आफुले जानेको कुरा निरन्तर्ता दिदै जाने कुरा प्रतिबदता गर्नु भयो र Treasurer Eld Chandra Sunwar ले पनि कमिटी भन्दा बाहिर रहे पनि कमिटी मा रहेकै जती हात मा हात मिलाउदै जाने कुरा भ्याक्त गर्नु भयो |
नयाँ कमिटी मा पास्टर फिलिप रसाइली निर्बिरोद Chairman मा मनोनित हुनुभएको थियो भने General Secretary मा पास्टर तिमोथी दोर्जे र Treasurer मा एल्डर टन्क राइ पनि निर्बिरोद नै छानिनु भएको थियो |
नौ जना को Trustee Committee मा निम्न अनुसार अगुवाहरु मनोनित हुनुभएको छ
1, Chairman - Ps Philip Rasaily
2, Vice Chair - Ps James Lingden
3, Gen Sec - Ps Timothy Dorjey
4, Vice Gen Sec - Eld Tubendra Limbu
5, Treasurer - Eld Tanka Rai
6, Vice Treasurer - Eld Deb Gurung
7, Youth Cord - Ps John Sunwar
8, Women Cord - Eld Deborah Angdembe
9 Trustee Member - Eld Michael Limbu
२६ जना को Central Committee मा धेरै नयाँ अनुहार हरु नआएता पनि अनुभब मा पूर्णता भएका अगुवा हरुको छनोट भएको देखिन्छ तेस्तै Central Committee को अगुवामा आमा दिदी बहिनी हरुको संख्या दाजु भाइ को तुलना मा थोरै थियो, लण्डन रिजन् बाट आमा दिदी बहिनी को Central Committee मा जिरो हुन बाट बाचेको देखिन्छ |
AGM Meeting को दोस्रो दिन नयाँ मनोनित Chairman पास्टर फिलिप रसाइली जिउ ले आउने दिन मा गर्ने काम हरुको केही झलक प्रस्तुत गर्नु भएको थियो, र NCCUK मा महत्तोपूर्ण सबै कुरा लाई समेटेर लाने प्रतिबदता गर्नु भयो | बस्ने खाने ब्याबस्था को सबै Aldershot नेपाली मन्डली ले गर्नु भएको थियो, नर्थ (North) बाट आउने सबै अगुवा हरुलाइ बस्ने ब्याबस्था मिलाएको थियो भने तीन क्षेत्र को अगुवा हरुलाइ आफ्नो घर् बाट नै आउने जाने अनुरोध गर्नु भएको थियो |
अन्त मा फोटो सेसन साथै सवाल जबाफ को कार्यक्रम को साथ मा २०२१ को AGM Meeting को अन्त गरिएको थियो | आउने दिन् हरुमा नयाँ कमिटी हरुलाई ज्ञान बुद्दि साथै जोस जांगार को साथ मा बडन सक्नु भएको होस् भनि प्राथना मा सम्झिनु होला
NCCUK Media
Team