Nepali Christian Churches, United Kingdom (NCCUK)
red star
red star
red star
red star
blue-star
blue-star
blue-star
blue-star
Home | News | NCCUK Kent शोर्गिये बाबा पदम लिम्बु को अन्थेस्टि कार्येक्रम

NCCUK Kent शोर्गिये बाबा पदम लिम्बु को अन्थेस्टि कार्येक्रम

news pic
31/03/2023

३१ मार्च २०२३ केन्ट फोक्सटन युके,  NCCUK सेन्ट्रल कमेटि का सदस्से एल्डर सुबास लिम्बु जिउ को शोर्गिये बाबा पदम बहादुर  लिम्बु जिउ को अन्थेस्टि कार्यक्रम फोक्सटन इमानुअल चर्च मा भयो। जसरि पबित्र बचन बाइबल उपदेशक ३:२ अनुसार "जन्मने एउटा समय छ र मर्ने एउटा समय छ रोप्ने एउटा समय छ र उखेल्ने एउटा समय छ" तेसैले एक दिन  हामि जानै पर्छ येही बाटो भएर अनि थाहा हुदा हुदै पनि हामि लामो समय संगै बसेको र हिडेको कारण आफ्ना परिवार साथै हामी सबै लाइ अफ्ठेरो महसुश अवस्से पनि हुन्छ ।  तर हामीहरुलाई लाइ यो बिस्वाश छ लुका २३:४३ अनुसार शोर्गिये पदम बहादुर  लिम्बु जिउ अहिले उंहा सोर्गमा  प्रभु संग हुनुहुन्छ र हामी एकदिन उंहा लाइ भेट्ने छौं।    

चर्च भवन भरि खचाखच धेरै आफन्त र युके भरि छरिएर बसेका बिस्वाशी हरु को उपस्थिति थियो सबै  सान्त र भलाद्मी मुद्रा मा कालो र आदार्निये भेस मा सबै ले एकाग्र भएर कसैलाई पर्खिराखेको देखिन्थियो।  चर्च भवन भित्र बस्ने ठाउ नपुगेर ब्यबस्थापन समेती हरु लाइ  मिलाउन समेत गारो भएर धेरै जवान र उठेर रहन सक्नु हुने हरु लाइ उठेर नै रहन को लागि पनि अनुरोध गर्नु भएको थियो।   

जोगेन्द्र लिम्बु जिउ ले कार्यक्रम लाइ संचालन गर्नु भएको थियो भने पबित्र बचन पास्टर लक्ष्मी लिम्बु जिउ ले दिनु भएको थियो कोइर जवान हरुले संत्वोना र ढाडस को भजन हरु गाउदै फनेरल सेवा लाइ अगाडी बढाउनु भएको थियो ।  साथै शोर्गिये पदम बहादुर  लिम्बु जिउ को जिबनी को बारेमा उँहाका भदै दिल बहादुर लिम्बु जिउले छोटकारीमा  बताउनु भएको थियो। फनेरल कार्यक्रम सुरु देखि अन्त सम्म जोगेन्द्र लिम्बु जिउ र पास्टर लक्ष्मी लिम्बु जिउ ले नै गर्नु भएको थियो।  

छोरा सुबास  लिम्बु ले आफ्नो बाबा को बारेमा केहि छोटो जानकारी दिनु को साथै बाबा को अन्तेस्ठी कार्यक्रम मा आउनु हुने संस्था,व्यक्तिगत सबै लाइ धन्नेबाद को साथै बाबा संसार मा रहुन्जेल हरेकले गर्नु भएको सहयोग को लागि पनि धन्नेबाद ज्ञापन गर्नु भएको थियो।  

फनेरल कार्यक्रम बिहानी को १० बजे सुरु भएको थियो भने Hawkinge Cemetry मा १२ बजे भेला भएर १ घण्टा भित्र सकिएको थियो र फेरी मण्डली मा नै फर्किएर चिया पानी को ब्यबस्था गरिएको थियो।  अन्त मा परिवार हरु लाइ एक अर्का मा भेटेर सान्त्वोना साथै ढाडसहरु दिने कुराकानी गर्दै सबै आफ्नो घर तर्फा लागेका थिए 
 

NCCUK Media Team

दोस्रो NCCUK Charity Cup ब्याबस्थापन टोलि को पहिलो मिटिङ्ग 2023
Previous
NCCUK २०२३ को इष्टर महोत्सव सबै छेत्र ले खुसियाली साथ मनाए
Next