लडन, NCCUK लन्डन युवा छेत्रीय संगति UNRC Wembley मा ६ मण्डली हरु मिलेर भयो। मण्डली मा धेरै युवा जवान हरु खचा खच हल भरि देखिन्थे अनुहार मा केहि हाँसो अनि खुसियाली सबै युबा जवान हरु मा थियो। निकै लामो समय सम्म Missing भएर भेटेको जस्तै युबा जवान हरु एक अर्का मा निकै प्रफुल्ल मुद्रा मा देखिन्थे, ३ अनि ४ जना को जोडी बनिदइ सानो स्वोर मा गुनगुनाउदै,हाँसो गर्दै रमाई राखेको देखिन्थ्यो, संगति को संचालक होस्ट मण्डली UNRC का जवान ज्योति सुनुवार ले गर्नु भएको थियो भने बचन RBC मण्डली का सिमा तामांग ले प्रचार गर्नु भएको थियो। जसरि बचन प्रचारक ले जस्तो अवस्था मा पनि संसार को लाइ होइन माथि को लाइ पहिलो प्रथामिकता हुनु पर्छ भन्दै आफ्नो केहि गवाही को साथ मा प्रचार्दा सबै युबा जवान हरु स्तब्द भएर सुनेका थिए। १ थेस्लोनिकि ५:११ अनुसार एक ले अर्का लाइ प्रोत्साहन देउ र एक ले अर्को लाइ दरिह्लो पार्ने काम गर,जस्तो तिमीहरुले गर्दै पनि छौ। जसरि बचन अनुसार नै हरेक युबा हरुले एक ले अर्का लाइ दरिह्लो पार्ने काम गरि राखेको देखिन्थ्यो। NCCUK लन्डन रिजन का Youth Chariman बिशाल थापा जिउ संग को कुरा कानी मा लन्डन मा ६ मण्डली मिलेर गरिने यो जवान संगति हरेक तिन तिन महिना सबै मण्डली हरुलाई किउ मा हुने कुरा पनि दर्शाउनु भयो साथै युवाहरु आशा गरिए अनुशार नआउनु भएको र अझै प्राथना मा राख्नु पर्ने कुरा पनि अनुरोध गर्नु भयो र अन्तमा युबा अधक्छ् बिशाल थापा जिउ ले नै सबै लाइ आफ्नो छेत्र मा रहेर यो जवान संगति लाई मदत गर्नु हुने सबै लाइ एक मुस्ट मा धन्नेबाद दिएर आशिस को प्राथना गरि संगति को अन्त गरिएको थियो।
उता संगति सके पछि UNCR को आमा दिदि बहिनि हरुले आफ्नै घर बाट नै बनाएर ल्याएको मुर्गी को मासु दाल भात तरकारी अचार सहित जवान हरु लाइ खान पस्काउन को लागि डाडु पनिउ समातेर तयारि बसेको देखिन्थ्यो र जवान हरु पनि कमि थिएनन्,आशिस को प्राथना सकिने बित्तिकै थाल समातेर खान को लागि लाइन बसेको देखिन्थ्यो र खुसि रमाहट गर्दै खाना खाईसके पछि धन्नेबाद आदान प्रदान गर्दै बिदा भएका थिए।
NCCUK Media Team