सबै एउटै ठाउँमा जान्छन्, किनभने सबै धूलोबाटआएका हुन् र सबै धूलोमा फर्किजान्छन् - उपदेशक ३:२०
१७ फरवरी सन् २०२४, सँयुक्त अधिराज्य बेलायत अवस्थित रेडिँग सेमिटरी एन्ड क्रिमीटेरियम स्थलमा दिउँसो शनिवारका दिन स्व. लाल बहादुर सुनुवार ज्युको पार्थिव शरीरलाई नेपाली ईसाईहरूको धार्मिक सँस्कार र विधि अनुसार माटोमुनी दफनाउने सत्कार्य सुसम्पन्न भएको छ।
उक्त दिनको कार्यक्रमलाई जिजस फ्याम्ली चर्चका एल्डर श्याम राई ज्युले सँन्चालन गर्नु भएको थियो भने धर्मशास्त्रबाट वचनको सेवा देखी धार्मिक विधिको अन्तिम कार्यभारलाई एन्डर्सन ब्याप्टिस्ट चर्चका रेभ. पा. एलिना राई ज्युले कुशलतापुर्वक समापन गर्नुभएको थियो ।
स्व. लाल बहादुर सुनुवार ज्युको जीवनीलाई सँक्षिप्तमा उँहाको जुवाइँ भोला सुनुवारले बताउनु भएको थियो भने उक्त कार्यक्रममा वर्तमान एन. सि . सि. यु. के का अध्यक्ष पा. फिलीप रसाईली साथै सोही सँस्था अन्तर्गत दक्षिण पश्चिम क्षेत्रका उपाध्यक्ष काशी साँम्पाग राई र थुप्रै अरू स्थानीय मन्डलीका अगुवा र बिस्वासीहरूको बाक्लो उपस्थिती रहेको थियो ।
उक्त कार्यक्रममा स्व . लाल बहादुर सुनुवारका परिवार र आफन्तजनहरूको मात्र उपस्थिती नभएर गैर ईसाई सँस्था अन्तर्रगत किराँत सुनुवार सेवा समाज ( कि.सु.से.स) का वर्तमान अध्यक्ष श्री मनोज कुमार सुनुवार र सँस्थाका अरू थुप्रै सदस्यहरूको पनी समानरूपमा उपस्थिती रहेको थियो ।
स्व. लाल बहादुर सुनुवारको जन्म १३ अप्रिल सन् १९४८ पुर्व ३ नम्बर नेपालको ओखलढुँगा जिल्ला रगनी गा.वि.स मा भएको थियो जो हाल कोशी प्रदेश खिजीदेम्बा गाउँपालिका अन्तर्गत पर्दछ । उहाँको परिवारमा एक श्रिमती दुई छोरा र एक छोरी हुनुहुन्छ ।
स्व. सुनुवार गोरखा रिजर्भ युनिटमा ( जि.आर.यु ) १५ बर्ष अनवरत सेवा गरेर अवकाश प्राप्त एक बहादुर र ईमान्दार भुतपुर्व गोरखा सैनिक हुनुहुन्छ ( सन् १९६६-सन् १९८१) । उहाँले आफ्नो जीवनकालभरी धेरै समाजीक सेवामा आफुलाई समर्पण गर्नुका साथै राजनैतीक क्षेत्रमा समेत सक्रिय रहेर समाज र देशलाई अद्धितिय योगदान पुर्याउनु भएको छ।
सन् २००६ मा बेलायत आउनुभएका स्व. लाल बहादुर सुनुवार जिजस फ्याम्ली चर्च ( जे.एफ.सी ) को स्थापनाकाल देखी नै सेवकाईका विभिन्न क्षेत्रहरूमा समेत आवद्ध हुनुहुन्छ ।
जीवनको उत्तरार्द्धमा बिस्वासको अन्तिम लँडाईमा विजय भएर उहाँ अहिले अन्नत पिताको घरमा पुग्नुभएको छ जसलाई विशाल साक्षीका बादलहरूले घेरिराखेका छन् (हिब्रू १२:१) । निस्चय नै ख्रिष्टको देहलाई एकरूपतामा स्विकारेका ख्रिष्टका जीवीत मन्डलीले एकदिन उहाँलाई फेरी देख्नेछ र भेटनेछ ।
“यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौंभने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामीउहाँसँगै एक हुनेछौं।” ( रोमी ६:५ )
( संवाददाता : सुरेन्द्र सुनुवार Nccuk Media Team)